FLASH NEWS
  • Loading...

गलेश्वर मन्दिरमा कालिगण्डकी नदीको पानी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०० पटक पढिएको
गलेश्वर मन्दिरमा कालिगण्डकी नदीको पानी

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरले  कालीगण्डकी नदीको पानी तानेर मन्दीरमा ल्याइ स्नान गर्न सुविधा थपेकाे छ ।

मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भएपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाइएको याेजनाकाे सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले  उद्घाटन गरे । कालीगणडकीबाट पानी तानेर मन्दीर परिसरमा ल्याएपछि स्नानका लागि ११ वटा गौमुखी धारा बनाइएकाे छ ।

‘नदीमा स्नान गर्दा ज्यानकै जोखिम थियो, कालिगण्डकीको जल मन्दिरमा पुगेको छ’ अध्यक्ष रेग्मीले भने ।जमिनदेखि करिब २० फिट अग्लो २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको पानी पाइपमार्फत ४५ मिटर माथि रहेको ओभरहेड ट्याङ्कीमा सङ्कलन गरी धारामा पुर्याइएकाे छ । 

आयोजना निर्माणका लागि खानेपानी कार्यालयले ३६ लाख ७६ हजार उपलब्ध गराएकामा दाताबाट आठ लाख ८७ हजार सहयोग प्राप्त भएको ४५ लाखबढी खर्च भएकाे विवरण समितिले सार्वजनिक गरेकाे छ ।