FLASH NEWS
  • Loading...

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५१५ पटक पढिएको
निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ। बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सदभावना दूत नियुक्त गरेको घोषणा गरेका हुन्।

कार्यक्रममा पुर्जालाई नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो। मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सदभावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीको क्षण भएको बताए।

कार्यक्रममा बोल्दै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महसुस गरेको बताए। आगामी दिनमा पनि देशलाई विश्वमाझ चिनाउन आफूले योगदान गर्न चाहेको उनले उल्लेख गरे।

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम राखेका छन्। उनले बनाएका फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ।

उत्तरी म्याग्दीको दानामा जन्मिएका पुर्जाले सन् २००३ मा पोखरास्थीत ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभूत तालिम लिएका थिए। उनी कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एन्ड डेकोरेसन ट्रेन्डमा कार्यरत थिए।

क्विन्स गोर्खामा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमान्डोसमेत गरेका थिए। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिस सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पुर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका छन्।

पुर्जाले अंग्रेजी वर्ष २०१७ मे २७ गते पाँच दिनमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर तीन वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन्। गोर्खा एक्स्पिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व उनैले सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एकअर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका छन्। उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत व्यवस्थापनमा सघाउने गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र