FLASH NEWS
  • Loading...

सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४६ पटक पढिएको
सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया

हरेक सार्वजनिक निकायले सार्वजिनक खरिद प्रक्रियालाई अपनाएर बस्तु, सेवाको खरिद गर्न सके सुपथ मूल्यमा गुणस्तरीय बस्तु, सेवा प्राप्त गर्न सकिने बताएका छन् । 

सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहचल, काठमाडौको आयोजनामा मंगलवार वेनीमा आयोजित कार्यक्रममा सार्वजनिक खरिदको परिचय, भूमिका, कार्यहरु, ऐन, निर्देशिका र व्यवहारिक कठिनाईका बारेमा निर्देशक सुवाश शिवाकाेटी, सहसचिव कुमार घिमिरेले सहजीकरण गरे ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, म्याग्दीकाे समन्वयमा अायाेजित कार्यक्रममा स्थानीय तहका अध्यक्ष, कार्यालय प्रमुखहरू, लेखा अधिकृत वा सहायक कर्मचारी, राजनैतिक दल, निर्माण ब्यवसायी र पत्रकारहरू सहभागी थिए ।

कार्यक्रममा स्थानीय तह आफैमा  सरकार भएकाले छिटो छरितो खरिद प्रक्रियाका लागि सार्वजनिक खरिद ऐन २०६३ मा आधारित रहेर कार्यविधि बनाएर जान सकिने सुझाव दिँदै विधि, प्रक्रिया पु¥याएर गरिने खरिद प्रक्रियाले सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम हुने धारणा राखेका थिए ।  
स्थानीय तह, सरकारी कार्यालयहरुले खरिदका क्रममा भोगेका समस्याहरु, खरिद सम्बनधी अन्य जिज्ञासाका बारेमा उपसचिव घिमिरेले  सुशासनका विभिन्न आयाम मध्ये सार्वजनिक खरिद पनि एक भएकाले ऐन र निर्देशिकामा उल्लेख गरिएका सूचक अपनाएर बस्तु तथा सेवाको खरिद प्रणाली अपनाउनुपर्ने उल्लेख गरे ।