FLASH NEWS
  • Loading...

भाेलिदेखि फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ५९५ पटक पढिएको
भाेलिदेखि फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी

पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ। जलस्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो।

सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो। सिँचाइको नहर यही कल्भर्टबाट बग्छ । पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ।

सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ। ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए ।

उनका अनुसार पहिलेजस्तो सुख्खा हुनेगरी सतह घट्दैन। ‘२० सेन्टिमिटर जति बाँध खोल्छौं। यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उनले भने, ‘कल्भर्टको काम सकिनेवित्तिकै बाँध बन्द हुन्छ । पहिले जस्तो धेरै सतह अहिले घट्दैन।’

यसअघि पनि फेवाको बाँध मर्मतका लागि तालको पानी सुकाइएको थियो। तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ।

‘बढेको पानी फाल्ने हो। अहिले फाल्न लागेको बढी भएको पानी हो,’ आचार्य भन्छन्, ‘ड्याम बनाएपछि सतह बढेको छ । अहिले फेवाले बढी पानी होल्ड गरेको छ।’ ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फाष्ट ट्रयाकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र