FLASH NEWS
  • Loading...

पोखरामा भारी आसिना पानी, सडक नै अवरुद्ध

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९३ पटक पढिएको
पोखरामा भारी आसिना पानी, सडक नै अवरुद्ध

एलिशा खड्का, पाेखरा ।

नेपालमा सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पाेखरामा अाइतबार दिउँसो भने अतिभारी असिना पानी परेको छ ।

बाक्लो असिना सडकमा थुप्रिएकोले सवारी साधन गुडाउन पनि समस्या भएको छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण पोखरामा असिना पानी परेको हो ।  आइतबार बिहान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको थियो ।