FLASH NEWS
  • Loading...

धौलागिरी आईसफल पग्लनेक्रम तिव्र

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५४५ पटक पढिएको
धौलागिरी आईसफल पग्लनेक्रम तिव्र

घडीको सूई घुमे झै धौलागिरी पाचौं, मानापाथी, फ्रेन्चपास, मुकुट हिमाल, सिता चुचोरो, धौलागिरी प्रथम र टुक्चेपिक गोलाकार झै उभिएका रहेछन । एउटा हातलाई अँजुली बनाउँदा जस्तै छ, धौलागिरी वेस क्याम्प । यही क्याम्पदेखी करिव पाँच किलोमिटर तलसम्म लत्रेको छ, धौलागिरी ग्लेसियर । बढ्दो तापक्रमले ग्लेसियर विस्तारै पग्लदै खुम्चदै गैरहेको मात्र छैन पातलो पनि बन्दै गएको छ ।


धौलागिरी वेस क्याम्प क्षेत्रमा टि हाउस तथा क्याम्पीङ संञ्चालन गरी बसेका हरी तिलिजाका अनुसार पछिल्लो २५ बर्षमा धौलागिरी आईसफल २ सय मिटरबढी पग्लेख खुम्चेको छ । त्यसैगरी बर्षेनी कम्तीमा तीन फिटबढी पातलो हुने गरेको छ ।


म्याग्दी नदीको मुहान समेत रहेको धौलागिरी ग्लेसियर बर्षेनी ढिक्का ढिक्का परेर फाट्दै बग्ने गरेको छ । स्थानीयले धौलागिरीका हिमचुतुवा भनी बोलाउने हरी तिलिजाका अनुसार चैत–जेठ महिलामा ग्लेसियर चोक्टा चोक्टा परी पग्लदै फाट्ने र असार–भदौ महिनाको बर्षाहुँदा बग्ने गरेको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका, ३ मुदीमा पर्ने धौलागिरीका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहणको हिसावले सबभन्दा कान्छो हो । सगरमाथा पत्ता नलाग्दासम्म धौलागिरीलाई नै संसारको सर्वाधिक अग्लो चुचुरो मानिन्थ्यो ।

सन् १८०८ मा भारतमा रहेको वेलायती सर्भे टिमले धौलागिरी हिमालको उचाई ८ हजार एक सय ४७ मिटर भनि पत्ता लगाएका थिए । शुरुका ३० बर्ष संसारको अग्लो चुचुरो भन्ने विश्वास गरिन्थ्यो ।

धौलागिरि प्रथम संसारको सातौ र नेपालको छैठौं अग्लो हिमाल हो । प्रचलित राउण्ड धौलागिरी पदमार्ग धौलागिरी प्रथम आरोहण र सिता चुचुरोपासगरी मुस्ताङ्ग निक्लन प्रयोग गरिन्छ ।

*तस्वीर/शब्द ः घनश्याम खड्रका/ (खड्का कान्तिपुर दैनिकका उपसम्पादक पनि हुन ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र