FLASH NEWS
  • Loading...

महाविर पुन ‘गण्डकी रत्न’बाट विभुषित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९३७ पटक पढिएको
महाविर पुन ‘गण्डकी रत्न’बाट विभुषित

शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान प्रविधी र समाजसेवामा अतुलनीय योगदान पुर्‍याएवापत महाविर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’बाट घोषणा गरेको छ । 

‘गण्डकी प्रदेश’ स्थापनाको चौंथो वार्षिकोत्सवको अवसरमा आज फागुन ४ गते पुनलाइ विभुषित गरिएकाे हाे । गण्डकी प्रदेशका वरिष्ठ मन्त्रीको संयोजकत्वमा अर्थ र आन्तरिक मामिलामन्त्री, प्रमुख सचिव र आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहेको सिफारिस समितिले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट घोषणा गर्न शिफारिस गरेको थियो ।
गण्डकी रत्नबाट विभुषित महाविर पुन म्याग्दीको दुर्गम वस्तीमा कम्प्युटर शिक्षा सम्बन्धी साक्षरता अभियान चलाएका, नेपालका दुर्गम वस्तीमा वेतारे इन्टरनेट प्रविधीको विकास गरेका, गण्डकी प्रदेशमा पर्यावरणीय पर्यटन प्रर्वद्धनमा योगदान दिएका र हाल राष्ट्रिय आविस्कार केन्द्र मार्फत विज्ञान प्रविधीको विकास र विस्तारमा जुटेका छन ।
प्रदेशको विकासमा योगदान पुर्‍याउने विशिष्ठ ब्यक्तिलाई सम्मान गरिने यो विभुषण गण्डकी प्रदेशको सर्वाधिक ठूलो सम्मान हो । प्रदेश सरकारले यसै वर्षदेखी प्रदेशका ३ जनालाई बर्षेनी गण्डकी रत्नले विभुषित गर्न थालेको हो । सोमबारको मन्त्रीपरिषदको वैठकबाट ‘विशिष्ठ ब्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधी २०७८’ स्वीकृत गरेको थियो ।
विभुषित ब्यक्तित्वलाई प्रदेशको सार्वजनिक सभा, समारोहमा प्रदेश साँसदसरहको मान्तता दिने, प्रदेश अस्पतालमा नि:शुल्क सुविधा दिने, संरक्षणविहीन भएका प्रदेश सरकारले संरक्षकत्व दिने, सार्वजनिक सेवालाई प्राथमिकता र प्रदेश भित्रका विमानस्थलमा अति विशिष्ठ कक्ष प्रयोग गर्न सुविधा दिईने कार्यविधीमा ब्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र