FLASH NEWS
  • Loading...

तातोपानीका पोखरी खुलेपछि बढे विरामी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७२ पटक पढिएको
तातोपानीका पोखरी खुलेपछि बढे विरामी

कोरोना कहरले बन्द भएका यहाँका प्राकृतिक तातोपानीका पोखरीहरु खुल्ला भएको दुई दिनमै डुब्न आउने विरामीको संख्या ह्वात्तै बढेको छ ।
अर्थोपेडिक औषधीले आजित भएका देशभरका वायुगोला (ग्याँस्टिक), हाडजोर्नी दुखेको, मुटुकोरक्तचाप र छालाका रोगीहरुको यहाँको तातोपानीमा प्राकृतिक उपचारकालागी आउने गरेका छन ।
तातोपानीमा लगातार दुई घण्टा डुबेपछी बाहिर निक्लेर कम्बलभित्र गुम्सीदै खलखली पसिना निकालेपछि रोग निको हुने विश्वास छ ।
कोरोनाको तेस्रो भेरियन्त फैलिएपछि बन्द गरिएका यहाँका तातोपानीका पोखरीहरु खुल्ला गरेको दुई दिनमै सयौं विरामी तातोपानीका पोखरीमा डुब्न (हटस्प्रीङ स्पा/वाथ) गरी स्वाश्थ्य लाभ गर्न आएका छन ।
‘विरामी कहिले तातोपानीको पोखरी खुल्ने दिन पर्खेर बसेका थिए । रोकिएका विरामी धमाधम आउन थालेका छन’ बेनी नगरपालिका, ४ सिङ्गा स्थित तातोपानी कुण्ड ब्यवस्थापन समितिका कुमार केसीले भने, ‘पहिला पनि पोखरीमा र तातोपानी क्षेत्रमा आउने विरामीलाई मास्क अनिवार्य गरेका थियौं, अहिले कोरोनाको अवस्थामा त झन कडाई साथ लागु गरेका छौं ।’
कोरोनाको तेस्रो भेरियन्टको प्रभाव कम भएसँगै बन्द गरिएका सवै क्षेत्र खुल्ला गरिएपछि सिङ्गा तातोपानीमा मात्र होईन जिल्लाका सवै प्राकृतिक तातोपानीका पोखरीहरुमा विरामी डुब्ने र उपचार गर्न थालेका छन ।
जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ९ स्थानमा तातोपानीका मुहान छन । मुदीबगरा, गुर्जा खोला, सिङ्गा तातोपानी, दर्मिजा र महभीर, रातोपानी, भुरुङ र पाउद्धारको तातोपानी मुलमा अझै परम्परागत शैलीका अस्थाई पोखरी बनाई नुहाउने र डुबुल्किी मार्ने प्रचलन छ ।


‘तातोपानीका पोखरीमा डुब्न खुल्ला भएको र जाडो पनि अलि कम भएकोले वरपरका वस्तीबाट विरामीहरु हुलका हुल तातोपानी डुब्न आउन थालेका छन’ अन्नपूर्ण गाउँपालिका, ६ पोखरेबगरकी विष्णु गर्वुजाले भनिन, ‘अव परिस्थिती सहज हुने र मौषमपनि अनुकुल हुन थालेपछि तातोपानी डुब्ने विरामी मात्र होईन यहाँका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने विश्वास छ ।’
गलेको थाकेको शरिरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताकोलागी तातोपानी थेरापी (नेचुरल स्टीम वाथ) वैकल्पिक उपचार पद्धति हो । प्राकृतिक तातोपानीमा डुब्दा हाडजोर्नीको उपचार सित्तैमा हुन्छ । शरिरलाई आराम पनि हुन्छ । परम्परादेखी प्राकृतिक श्वास्थ्य लाभ लिँदै आएका तातोपानीका पोखरीहरु स्वास्थ्य लाभसँगै आर्थिक उपार्जनको थलो बनेका छन ।
पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गगा भित्री म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफाले धकेलिएर बाहिर तातोपानीको मुहान निक्लने मान्यता छ । यहाँ पाईएका तातोपानी मध्य सवैभन्दाबढी अन्नपूर्ण, ६ रातोपानी स्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ्ग तोापानी ७१ डिग्री, सिङ्गा तातोपानीको तापक्रम ५५ डिग्री रहेको छ ।