FLASH NEWS
  • Loading...

रसुवाको तातोपानी मूल सुक्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१४ पटक पढिएको
रसुवाको तातोपानी मूल सुक्यो

त्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ ।

आमाछोदिङमाे गाउँपालिका–५ तातोपानीस्थित कुण्ड मध्य माघ देखी सुकेकाे हाे । यस अघि ०७२ सालको महाभूकम्पपछि पनि केही समय सुकेर केही समयपछि पुनः पलाएकाे थियाे। 

कुण्डमा ४० डिग्री सेन्टिग्रेट तापक्रम र प्रतिसेकेन्ड सय लिटर हाराहारीमा पानी निस्कन्थ्याे । तातोपानीको मुहान सुकेपछि व्यापारिक प्रयोजनाका लागि लाखाैं रुपैयाँ खर्चेर बनाएका होटल सुनसान भएका छन्। 

पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त तातोपानीको मूल सुकेपछि तत्कालीन ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी) मार्फत निर्माण भएका आकर्षक ढुङ्गेधारा तथा पोखरी अलपत्र परेका छन् । प्राकृतिक स्रोतका अधिकतम् उपयोग गराइ तातोपानी क्षेत्रका विपन्न व्यक्तिलाई उत्थान गर्न विसं २०५७ मै पूर्वाधार निर्माण भएका थिए ।

अधिकांश समय चिसो रहने उक्त क्षेत्रमा दैनिक सयौँ स्थानीयवासीलाई समेत नुहाउन सहज हुँदै आएको थियो । विगतका समयमा रसुवाका अलावा नुवाकोट, धादिङ एवं मित्रराष्ट्र चीनको भू–भागमा बसोबास गर्ने सीमापारका छिमेकीसमेत आउने गरेका थिए ।