FLASH NEWS
  • Loading...

फिफा वरीयतामा नेपाल दुई स्थान माथी चढ्याे

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५६ पटक पढिएको
फिफा वरीयतामा नेपाल दुई स्थान माथी चढ्याे

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान माथी उक्लेकाे हो । नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ ।

अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा  रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८६ औं, भुटान १८५ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् ।   

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्। 

इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।