FLASH NEWS
  • Loading...

टी २० विश्वकप : भारत–पाकिस्तान म्याचको ६० हजार टिकट बिक्री

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५० पटक पढिएको
टी २० विश्वकप : भारत–पाकिस्तान म्याचको ६० हजार टिकट बिक्री

यस वर्षको टी २० विश्वकप क्रिकेटाम भारत र पाकिस्तान समूह चरणमा भिड्दैछन्। अस्टे«लियाको मेलवर्न क्रिकेट रंगशालामा २३ अक्टोबरमा दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ।
रोचक कुरा त, खेल शुरू हुनभन्दा ८ महीनाअघि नै आईसीसीले यस खेलका लागि टिकट खुलाएको थियो। र, नै केही घण्टाभित्रै यस खेलको ६० हजार टिकट बिक्री भइसकेको छ। आईसीसीले टिकट बिक्री खुलाएको केहि घण्टामै विश्वकपको २ लाख टिकट बिक्री भएको छ, जसमध्ये भारत र पाकिस्तानको म्याचका लागि ६० हजार टिकट बिक्री भएको हो। यसपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको म्याचको टिकट सबैभन्दा धेरै बिकेको छ।

यस प्रतियोगितामा समूह २ मा रहेको भारतले सुपर १२ मा पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश तथा छनोट चरणबाट आउने बाँकी दुई टिमसँग प्रतिस्पर्धा गर्नेछ।