FLASH NEWS
  • Loading...

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९२ पटक पढिएको
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

रघुगंगा गाउँपालिका, ४ दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ ।

सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजे  दग्नामकाे पानाकोटमा ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पाको सुनछहरी गाउँपालिका –३,का अन्दाजी १८ बर्षिय घर्ति मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङका अनुसार दुर्घटनामा घाइते घर्तिकाे उपचारको लागि बेनी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो । ट्याक्टरमा चालक सुनछहरी गाउँपालिका –३,का २८ बर्षिय  जनक घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।