FLASH NEWS
  • Loading...

म्याग्दीको जनसंख्या ६ हजार २ सय ६९ ले घट्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०१ पटक पढिएको
म्याग्दीको जनसंख्या ६ हजार २ सय ६९ ले घट्यो

केन्द्रीय तथ्याङकले बुधवार सार्वजनिक गरेको जनगणना–२०७८ अनुसार म्याग्दीको जनसंख्या घटेको छ ।
राष्ट्रिय जनगणना ०७८ प्रारम्भीक नतिजा अनुसार म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३ सय ७२ जना रहेको छ । जसमध्य पूरुष ५२ हजार ५ सय ५४ जना र महिला ५४ हजार ८ सय १८ जना रहेका छन ।
संघियता कार्यान्वयन भै सिंह दरवार गाउँ फर्केसँगै बसाई सराई रोकिने अपेक्षा विपरित ०७८ सालको जनगणनामा म्याग्दीको जनसंख्या ६ हजार २ सय ६९ जनाले घटेको छ । ०५८ सालको जनगणनामा १ लाख १५ हजार ७ सयबढी रहेको जनसंख्या ०६८ सालको जनगणनामा घटेर १ लाख १३ हजार ६ सय ४१ भएको थियो ।
त्यसैगरी पालिका अनुसार बेनी नगरपालिकाको जनंख्या १५ हजार ५ सय ७२ जना पुरुष र १७ हजार ४ सय ९० महिलागरी ३३ हजार ६२ जना रहेको छ । अन्नपूर्ण गाउँपालिकामा ६ हजार ७८ जना पुरुष र ६ हजार २ सय ७३ महिलागरी १२ हजार ३ सय ५१ जना रहेको छ । रघुगंगा गापामा ६ हजार ८ सय ५७ पुरुष र ७ हजार ३ सय ७५ महिलागरी १४ हजार २ सय ३२ जना जनसंख्या रहेको छ ।
त्यस्तै मंगला गापाको जनसंख्या ७ हजार ३० पुरुष र ७ हजार ७ सय ४२ महिलागरी १४ हजार ७ सय ७२ रहेको छ । मालिका गापामा ८ हजार ९ सय ९९ पुरुष, ९ हजार ३ सय ४७ महिलागरी १८ हजार ३ सय ४६ जना जनसंख्या रहेको छ । जिल्लाको दुर्गम धवलागिरी गापाको जनसंख्या ६ हजार १ सय ५८ पुरुष र ६ हजार ४ सय ४६ महिलागरी १२ हजार ६ सय ४ जना रहेको छ ।
तथ्याङ्कले तिब्र बसाई सराईले गर्दा म्याग्दीको जनसंख्या घट्दो क्रममा रहेको देखाउँछ । यस पटकको जनगणनामा सर्वाधिक धेरै उत्तरी भेगको अन्नपूर्ण र पश्चिमको धवलागिरी गाउँपालिकाबाट जनसंख्या घटेको देखिएको छ ।