FLASH NEWS
  • Loading...

शरीरको अंगसँग मिल्दो यि १४ खानेकुरा, जो सोही अंगका लागि कति लाभदायक

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३६ पटक पढिएको
शरीरको अंगसँग मिल्दो यि १४ खानेकुरा, जो सोही अंगका लागि कति लाभदायक

हामीले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय तरकारीहरु हाम्रो शरीरका विभिन्न अंगहरुसँग मिल्दोजुल्दो हुन्छन् । ती अंगसँग मिल्ने तरकारीहरुको पौष्टिक विशेषता छुट्टाछुट्टै हुन्छ । हामी यहाँ हाम्रो शरीरका अंगहरुसँग मिल्दोजुल्दो १५ किसिमका तरकारीहरुको बारेमा यहाँ जानकारी दिँदैछौं ।

मिर्गाैलाका लागि फाइदाजनक राजमा

राजमालाई अँग्रेजीमा किड्नी बिन भन्छन् । यसको अकार किड्नी अर्थात् मृगौलासँग मिल्दोजुल्दो हुने भएकोले यसको नाम किड्नी बिन राखियो । तर त्यतिमात्रै नभएर यो मिर्गाैलाकै स्वास्थ्यको लागि फाइदाजनक पनि मानिन्छ । राजमा सिमी जातको गेडागुडी हो । राजमामा म्याग्नेसियम, कर्बोहाइड्रेट, फस्फोरस, भिटामिन बि, आइरन एवं अन्य आवश्यक पोषक तत्वले भरिपूर्ण हुन्छ ।

पाचनग्रन्थीको लागि उपयुक्त शखरखण्ड

शखरखण्ड तपाईंको पाचन ग्रन्थीको सुधारको लागि फाइदाजनक मानिन्छ । यसको आकार पनि पाचन ग्रन्थीसँग मिल्दोजुल्दो देखिन्छ । शखरखण्डमा भिटामिन ए र सीको मात्रा प्रशस्त पाइन्छ । शखरखण्डले अग्न्याशय नामक ग्रन्थी अंग तपाईंको पेटबाट खाना पचाउने काममा सहयोग गर्ने गर्छ । त्यहाँ हुने इन्सुलिनले शरीरमा ग्लुकोज र चिनीको तहलाई सन्तुलित गराउने गर्छ । त्यसैले शखरखण्ड पाचन ग्रन्थी सुधारको लागि उपयुक्त मानिन्छ ।

आँखाको लागि उपयुक्त गाजर

गाँजरको नियमित सेवनले हाम्रो आँखा तेज बनाउन मद्धत गर्छ भन्ने मान्यता पाइन्छ । तर यसले तत्काल परिणाम देखिने गरी काम नगरी यसले विस्तारै आँखालाई फाइदा पुर्याउने गर्छ । यसलाई अँग्रेजीमा क्यारोट भन्ने गरिन्छ । यसमा थोरैमात्रामा क्यारोटिन पाइन्छ भन्ने आधारमा यसको नामाकरण गरिएको पाइन्छ । क्यारोटिन शरीरमा भिटामिन एमा परिणत हुन्छ । यसले हाम्रो आँखालाई उमेर बढ्दै गए पनि तेजिलो बनाइराख्न मद्धत गर्छ । यसले ज्येष्ठनागरिकमा हुने दृष्टि दोष रोक्न सहयोग गर्छ ।

गर्भाशयको पोषणको लागि एभोकाडो

एभोकाडो जसरी गर्भाशय आकारको देखिन्छ । त्यसरी नै यसले काम पनि गर्भाशयको सुरक्षाको नै गर्छ । वनस्पति शास्त्रीह एभोकाडोमा फ्लोरिक एसिडको मात्रा प्रचूर रहेको बताउँछन् । यसले गर्भाशयलाई संकुचित बनाउने काममा मद्धत पु¥याउँछ ।

दिमागको लागि ओखर

ओखर पनि मान्छेको दिमागी सुरक्षा र वृद्धिको लागि एक उपयुक्त खानेकुरा हो । यसलाई हामीले सलादको रुपमा होस्, वा आइसक्रिमसँग र खाजाको रुपमा पनि खान सकिन्छ । स्वस्थ बोसोले मस्तिस्कको विकासमा पनि योगदान गर्छ । त्यसैले ओमेगा ३ फ्याटी एसिड युक्त ओखर हाम्रो दिमागी सुरक्षाको लागि उपयुक्त हुन्छ ।

मुस्कानको लागि केरा

केराको मान्छेसँग ठूलो सम्बन्ध छ । केराले मान्छेको पेट भर्ने र पौष्टिकतासँगै मान्छेको ओठमा मुस्कान भर्न पनि मद्धत गर्छ । केरामा ट्रिस्टोफान नामक एक अतिरिक्त विशेष प्रोटिन हुन्छ । जुन वास्तुवमा शरीरमा पचेपछि यसबाट सेरोटोनिनमा परिणत हुन्छ । सेरोटोनिनले मान्छेको अनुहारमा मुस्कान भर्न मद्धत गर्छ ।

श्वासकोशको विकासको लागि अंगुर

श्वासप्रश्वास प्रक्रियालाई सहज र निर्वाध बनाउनको लागि अंगुर उपयुक्त खानेकुरा हो । तर यो कति रसदार हुन्छ, त्यसको आधारमा पनि यसको फाइदा निर्धारण हुन्छ । यदि तपाईं एलर्जी वा अस्थामाको समस्यामा हुनुहुन्छ भने यो त्यसको समाधानको लागि उपयुक्त हुन्छ । प्रोन्थोसायनिडिन नामक रसायनले अस्थामा कम गर्न मद्धत गर्छ ।

शारीरिक सेलहरुको लागि प्याजको सेवन

प्याज काट्दा आँखाले जति पीडा भोग्छ, त्यसको सेवन शरीरका विििभन्न कोषहरुको विकासका लागि उति नै महत्वपूर्ण मानिन्छ । प्याजले तपाईंको कोषिकामा रहेका फोहोर सामग्रीहरु बाहिर निकाल्ने काम गर्छ । आँखाबाट आउने आँसुले पनि यसलाई जनाउँछ ।

ब्रोकाउली

ब्रोकाउली पनि शरीरमा हुने क्यान्सर कोशिकाहरुको स्वच्छताको लागि उपयुक्त मानिन्छ । यसको आकार पनि त्यही कोशिकासँग मिल्दोजुल्दो देखिन्छ । यी दुवै कुनै जंगल जस्तो देखिने खालका हुन्छन् । यो हप्ताको कम्तीमा एक दिन खान सक्यो भने स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

कानको स्वास्थ्यको लागि च्याउ

च्याउ कतिपय कानको आकारसँग मिल्दोजुल्दो हुन्छ । नेपालमा धेरैले कानबाट उम्रिएको किंवदन्तीको आधारमा च्याउ नखाने पनि गर्छन् । तर यसले हड्डीलाई बलियो बनाउनुका साथैकानको स्वास्थ्यमा पनि यसले ध्यान दिन्छ । यसमा भिटामिन डीको मात्रा धेरै पाइन्छ ।

सिँगो मानव शरीरको लागि मुला

मुलाको कतिपय आकार सिँगो मानव शरीरको आकारसँग मिल्दोजुल्दो देखिन्छ । जुन मानव शरीरको विकासकै लागि उपयुक्त मानिन्छ । यसले शरीरका विभिन्न भागमा हुने दुखाइ, क्यान्सर हुन नदिने, जस्ता रोगबाट टाउकोदेखि पैतालासम्मको स्वास्थ्यलाई मद्धत गराउँछ ।

अण्डाशयको स्वास्थ्यको लागि जैतुन

जैतुन इटाली, भूमध्य सागर लगायतको क्षेत्रमा मुख्य खानाको रुपमा प्रयोग गर्ने गरिन्छ । जस्तै, ग्रीक सलाद, चिकेन वा माछासँग पनि खाने गरिन्छ । जैतुन एक महिलाको अण्डाशय जस्तै पनि छ र त्यसैको स्वास्थ्यको लागि पनि सहयोगी छ ।

मुटुको स्वास्थ्यको लागि गोलभेडा

गोलभेडा मुटुको स्वास्थ्यसँग सम्बन्धित छ । यसको रंग रातो र आकार मुटुको जस्तै देखिन्छ । गोलभेडामा हुने लाइकोपीनले मुटु रोग लाग्ने सम्भावना कम गर्न मद्धत गर्छ ।

दाँतको स्वास्थ्यको लागि स्ट्रबेरी

स्ट्रबेरी फ्रागार्या प्रजातिको बिरूवा हो । यो फल विश्वव्यापी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो दाँतको सुरक्षाको लागि उपयुक्त हुन्छ । यो फल रातो रङ्गको हुन्छ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । (अनलाइनखबर)