FLASH NEWS
  • Loading...

एसईई परिक्षा आगामी बैशाखमा, १२ कक्षाको जेठमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४९ पटक पढिएको
एसईई परिक्षा आगामी बैशाखमा, १२ कक्षाको जेठमा

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन हुने भएको छ। शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यसै साता परीक्षाका तालिका सार्वजनिक गरिनेछ । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकाले परीक्षा केहीपछि धकेल्ने निर्णय भएको हो ।

कोरोनाका कारण शैक्षिक कार्यक्रम र परीक्षा धकेलिदै आएका छन् ।