FLASH NEWS
  • Loading...

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक, माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७५ पटक पढिएको
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक, माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गरेको हो ।

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ । सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको हो ।

त्यसैविच, बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै आइतबार बसेको सीसीएमसी बैठकले सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस गर्ने निर्णय गरेको छ।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सीसीएमसीको निर्णय छ।