FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पसले विआईसिटिइ अध्यापन गराउने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९१ पटक पढिएको
म्याग्दी क्याम्पसले विआईसिटिइ अध्यापन गराउने

जिल्लाको पुरानो म्याग्दी क्याम्पसमा यसै शैक्षिक सत्रबाट शिक्षा शास्त्र तर्फ स्नातक तहमा विज्ञान र सूचना तथा प्रविधी शिक्षा (विआईसिटिइ) विषयमा अध्ययन/अध्यापन सुरु हुने भएको छ ।
त्रिभुवत विश्वविद्यालय अनुदान आयोगबाट शैक्ष्कि गुणस्तर मानक ‘गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्यूएए)’ प्राप्त म्याग्दी क्याम्पसले आगामी फागुन १ गतेदेखी कक्षा संञ्चालन गर्ने गरी सूचना तथा प्रविधी शिक्षा (विआईसिटिइ) विषयमा विद्यार्थी भर्ना लिन थालेको छ । विज्ञान विषयमा पनि कक्षा सुरु गर्न तयारी भैरहेको क्याम्पसले जनाएको छ ।
‘हामीले स्नातक तहमा सूचना तथा प्रविधी शिक्षामा भर्ना लिन सुरु गऱ्यौं, छिटै विज्ञान विषयमा पनि भर्ना खोल्दैछौं’ म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले भने, ‘जिल्लामा सूचना प्रविधी र विज्ञान विषय पढेका जनशक्तिको अभाव पुरा गर्न क्याम्पसले यी विषयमा अध्यापन थालेको हो ।’ जिसीले थपे, ‘अव क्याम्पसले १० जोड २ विस्थापित गरी शिक्षा र मानवीकि संकायमा पनि स्नाकोत्तर (एमए/एमएड)तह संञ्चालन तयारी थालेका छौं ।’
जिल्लाका सामुदायीक/संस्थागत विद्यालयहरुमा विज्ञान र कम्प्युटर विषय पढाउने शिक्षक अभाव भएपछि नगर/गाउपालिकाहरुले म्याग्दी क्याम्पसले यी विषयका जनशक्ति जिल्लामै उत्पादन गर्न अग्रसरता लिन आग्रह गरेका थिए ।
स्नातक तहमा विज्ञान र सूचना तथा प्रविधी शिक्षा (विआईसिटिइ) विषयमा अध्ययन/अध्यापन गराउन जिल्लाका सवै ६ वटा पालिकाले बार्षिक आर्थिक अनुदान दिने प्रतिवद्धता जनाए अनुसार रघुगंगा, अन्नपूर्ण गाउँपालिकाले ५–५ लाख र धवलागिरी गापाले दुई लाख आर्थिक अनुदान दिने निर्णय गरिसकेका छन ।
त्यसैगरी क्याम्पसले यसै वर्षदेखी मानविकी तथा शिक्षा शास्त्र संकायमा पनि स्नाकोत्तर तह (एमए र एमएड) को पनि पढाई सुरु गर्न त्रिविबाट स्वीकृत प्राप्त गरेको जनाएको छ ।
सामुदायीक प्रयासमा ३० बर्ष अघि ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको क्याम्पसले पछिल्लो चार वर्षदेखी एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहको अध्ययन/अध्यापन गराई रहेको छ ।
क्याम्पससँग आर्थिक जोहो र प्रयाप्त भौतिक पूर्वाधार भएकोले मानविकी र शिक्षाशास्त्रका विषयमा पनि स्नाकोत्तर तह थप्ने तयारी थालिएको क्याम्पस संञ्चालक समितिले जनाएको छ । जिल्लामा थप अन्य तीन वटा क्याम्पसमा ब्यवस्थापन र शिक्षा शास्त्र संकायका स्नातक तह संञ्चालन भैरहेकोले स्नाकोत्तर तहमा विद्यार्थी संख्या पुग्ने अपेक्षा गरिएको छ ।