FLASH NEWS
  • Loading...

अवका चार दिन फेरि हिउँदे वर्षा हुँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११८ पटक पढिएको
अवका चार दिन फेरि हिउँदे वर्षा हुँदै

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधवार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने र आउने शनिवारसम्म नै वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आइतवारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ ।

पश्चिमबाट भित्रिएको प्रणाली कमजोर बन्दै जाने भएकाले प्रदेश १ र २ मा भने अरू प्रदेशको तुलनामा वर्षा कम हुने महाशाखाले जनाएको छ । हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात र दैनिक जनजीवनमा बढी असर पर्नेछ ।

अबका आउँदाे चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।