FLASH NEWS
  • Loading...

म्याग्दी बहुमुखी क्याम्पसको ३१ औं वाषिकोत्सव सम्पन्न

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३२१ पटक पढिएको
म्याग्दी बहुमुखी क्याम्पसको ३१ औं वाषिकोत्सव सम्पन्न

म्याग्दी बहुमुखी क्याम्पस, बेनीले विविध कार्यक्रमसहित ३१ औं वार्षिकोत्सव मनाएको छ ।
क्याम्पसको वार्षिकोत्सव अवसरमा कक्षा ११ देखी स्नाकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीहरु विच आयोजना गरिएका खेलकुद, हाँजिरी जवाफ प्रतियोगिता समेत विभिन्न कार्यक्रमको आईतवार एक समारोह विच समापनसहित गरिएको हो ।


क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशन समेत जोडेर आईतवार आयोजित कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे । म्याग्दी क्याम्पस स्थापना कालका पहिलो ब्याजका विद्यार्थी समेत रहेका थापा म्याग्दी क्याम्पसको स्थापना कालको स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष समेत भएका थिए ।

बार्षिकोत्सव समारोहको समापत तथा क्याम्पस सभा र अधिवेशनको उद्घाटनको एकसाथ गरिएको कार्यक्रममा राजनैतिक दल, स्थानीय तह, गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुन समेतका सामाजिक संघ संस्थाले शुभ कामना दिए ।


कार्यक्रममा वार्षिकोत्वसको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्याक्रमका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै क्याम्पसले उत्कृष्ट शिक्षक, कर्मचारीलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन समेत गराएका थिए ।