FLASH NEWS
  • Loading...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६२ पटक पढिएको
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको भैरहने छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने छ विभागले जनाएकाे छ। 

बिहीबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखालेजनाएकाेछ।

स्याटलाइट तस्वीरहरूमा गण्डकी प्रदेशमा बढी पानी र हिमपात हुने देखिएकाे छ ।