FLASH NEWS
  • Loading...

म्याग्दीमा ११ वटा विधुत आयोजनाहरू निर्माणाधिन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६० पटक पढिएको
म्याग्दीमा ११ वटा विधुत आयोजनाहरू निर्माणाधिन

जिल्लाको तीन वटा जलाधारमा पर्ने कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामागरी तीन सय तीन सय ८८ बढी मेगावाट क्षमताका ११ वटा जलविधुत आयोजनाहरु निर्माणाधिन छन ।
म्याग्दीखोला जलाधारमा समेटिएका धवलागिरी र मालिका गाउँपालिकामा पर्ने म्याग्दीखोलामा तीन वटा, रघुगंगा गाउँपालिकामा पर्ने राहुघाटखोलामा तीन वटा र कालीगण्डकी जलाधारमा पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ वटागरी विधुत आयोजना निर्माणाधिन छन ।
सदरमुकाम बेनीबाट २४ किमी पश्चिम मालिका गाउँपालिका र धौलागिरी गापाको सीमावर्ती फेदीमा बाँध निर्माणगरी ५ किलोमिटर लामो सुरुङ्गबाट म्याग्दीखोलाको पानी ल्याई दु:खुवेशीमा विधुत गृह बन्ने दरवाङ म्याग्दीखोला जलविधुत आयोजनाले सुरुङकालागी अडिट निर्माण थालेको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेड मुख्य प्रर्वद्धक रहेको आयोजनामा प्रवासमा रहेका जिल्लाबासीको ठूलो लगानी छ ।
‘प्रवासी म्याग्दीबासी र जिल्लाबासीको लगानी रहेको दरवाङ म्याग्दीखोला जलविधुतको निर्माण सुरु भएको छ’ धौलागिरी कालिका हाईड्रो लिमिटेडका अध्यक्ष विनोद कुंवरले भने, ‘अव कामले तिब्रता लिन्छ । अहिले अडिटको काम थालेका छौं । थप उपकरण ल्याउनेक्रम सुरु गरेकोले छिटै ड्याम र टनेलको काम सुरु हुन्छ ।’
त्यस्तै, धवलागिरी गापा, ५ खाम्लामा ड्यामबनाई मालिका, ७ भारवाङमा विधुत गृह बन्ने अपरहाईड्रो लिमिटेड प्रवर्दक रहेका ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविधुत आयोजना र धवलागिरी ४ मुदीमा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दीखोला जलविधुत आयोजनाले पनि धमाधम पहुँच मार्ग निर्माण गरिरहेका छन ।
त्यसैगरी जिल्लाको वीचभागबाट रघुगंगा गाउँपालिका ३–८ वडा भित्र बग्ने राहुघाटखोलामा ४२ मेगावाटको राहुघाट, ४८.५ मेगावाटको अपरराहुघाट र ३५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविधुत आयोजना निर्माणाधिन छन ।
नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविधुतको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको सिभिल तर्फ भारतको जयप्रकाश एशोसयट र तथा इलेक्ट्रोमेकालिकल तर्फको भारतीय सरकारी कम्पनी भारत हेभी इलेक्ट्रीकल्स (भेल)ले ठेक्का लिएका छन ।
‘सिभिल तर्फको ठेकदारले ड्याम, टनेल र विधुत गृह निर्माणको काम अघि बढाएसँगै इलेक्टोमेकानिकल तर्फका ठेकदार परिचालित भएका छन’ राहुघाट जलविधुत आयोजना प्रमुख राजबहादुर विष्टले भने, ‘सन २०२३ जनवरीसम्म विधुत जडान गरीसक्नेगरी काम भैरहेको छ ।’
त्यसैगरी राहुघाट खोलामै तुँदीपावर लिमिटेडले नै ४८.५ मेगावाटको अपरराहुघाट र ३५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविधुत एक साथ सुरु गरेको छ । रघुगंगा गापा, ८ मंगलेमा बाँध वनाई राहुघाट खोलाको पानी चिमखोलाको बन्दीमा ल्याएर विधुत उत्पादन गर्ने र सोही पानीलाई फेरी अर्को टनेलमा छिराएर चिमखोलाकै पुछारमा विधुत गृह बनाउनेगरी अपरराहुघाट आयोजना पनि संञ्चालनमा छन । दुवै आयोजनाले पहुँचमार्ग निर्माणपछि टनेल निर्माण थालेका छन ।
त्यसैगरी उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकामा पर्ने कालीगण्डकी जलाधारका घारखोला र मिस्त्रीखोलामा विभिन्न ५ वटा जलविधुत आयोजना निर्माणाधिन छन । अन्नपूर्ण गापा, ६ घारखोलामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाले टनेलको काम फिनिसिङ गर्दै, पेनस्टक पाईप राख्ने र विधुत गृह निर्माण गरिरहेको छ ।
त्यसैगरी अन्नपूर्ण गापा, ४ नारच्याङमा पर्ने निलगिरी र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलामा ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाटको निलगिरी २ जलविधुत आयोजनाको निलगिरीखोला हाइड्रोपावर लिमिटेडले एकसाथ बाँध, टनेल र विधिुत गृह निर्माण थालेको छ । आयोजनाले आयोजना संञ्चालन गर्न मिस्त्रीखोला जलविधुत आयोजनाको ड्यामसाईडबाट करिव १६ किमी लामो पहुँच मार्ग निर्माण गरेको थियो ।
त्यस्तै मिस्त्रीखोलाकै सहायक रेलेखोलामा ह्युम कन्सल्ट पांलि प्रर्वद्धक रहेको ६ मेगावट क्षमताको रेलेखोला र सुपरघलेम्दी हाइड्रो प्रालिले ९.१४ मेगावाट क्षमताको सुपरघलेम्दी निर्माण थालेका छन । दुवै आयोजनाले पहुँच मार्ग निर्माण सकेर ड्याम्साईडमा काम थालेका छन ।
मिस्ट्रीखोला र घलेम्दी संञ्चालनमा
अन्नपूर्ण गापा, ४ नारच्याङमा पर्ने मिस्त्रीखोलामा माउण्टेन इनजर्इी प्रालिले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र मिस्त्रीको सहायक घलेम्दी खोला जलविधुत आयोजनाले ६ मेगावाट विधुत उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेका छन ।