FLASH NEWS
  • Loading...

फेरिदै स्कुलका मुहार, आरसिसि वनाउने होड

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८७ पटक पढिएको
फेरिदै स्कुलका मुहार, आरसिसि वनाउने होड

|;8sn] km]b}{ :s'nsf] d'xfn M DofUbLsf] dflnsf ufp“kflnsf, & ljd l:yt ls;fgL dfWoflds ljBfnosf gjlgld{t ejgx? . ejgx?sf] ;f]daf/ u08sL k|b]zsf k"j{ d'VodGqL k[YjL;'Ajf u'?ªun] Ps sfo{qmdljr pb3f6g u/] . k/Dk/fut z}nLdf lgld{t ljBfno ejgx? eTsfP/ cfw'lgs cf/l;l; agfpg] nx/ g]kfnL ;dfhsf d'NodfGotf, hLjg z}nLnfO{ klg eTsfp“b} nu]sf] 5 . t:jL/ M 3gZofd v8sf, sflGtk'/

शहरी क्षेत्रमा मात्र होईन सडकसँगै रड, सिमेन्ट र आधुनिकता म्याग्दीका गाउँ–गाउँछिरेपछि विद्यालयहरुको स्वरुप (मुहार) फेरिन थालेका छन ।
गाउँमा पुगेपछि परैवाट ठ्क्क चिन्न सकिने लामा–लामा ढुङ्गा, माटो, काठ र स्लेट ढुङ्गाकै छाना राखेका परम्परागत स्कुलका भववको स्वरुप अव त्यस्तै रहेनन । केही वर्षअघिसम्म गाउँ छिरेपछि नयाँ ब्यक्तिले सहजै विद्यालय पत्ता लगाउँथे तर अव त्यो संभव रहेन ।
परम्परागत शैलीका स्कुल भवनहरु धमाधम भत्किदैछन, नयाँ आरसिसि भवन बन्ने होडबाजी चल्न थालेको छ । सानो क्षेत्रफलमा पनि तल्ला थप्दै थरीथरीका रङ्ग लगाईएको कुनै ब्यक्तिका घर जस्ता देखिन थालेका विद्यालयका पुरानो भौतिक परिचय भने लोपहुन थालेको हो ।


‘हामीले पढेका हाम्रा परम्परागत शैलीमा निर्मित विद्यालय भवनहरु भत्काएर आधुनिक आरसिसि बनाउने लहर नै चलेको छ । हामीले आरसिसि भवन बनाउन परम्परागत भवन भत्काएसँगै नेपाली समाजका मुल्यमान्यता, जीवन शैलीलाई पनि भत्काईरहेका छौं’ म्याग्दी बहुमुखी क्याम्पस प्रमुख समेत रहेका समाजशास्त्री गोरखबहादुर जिसीले भने, ‘विद्यालय समाजमा चेतना फैलाउने माध्यम हुन । अहिले विद्यालयको भौतिक स्वरुप मात्र फेरिएका छैनन, विद्यार्थीको पोसाक फेरिएको छ । खाजामा फेरिएको छ । विद्यालय प्रशासनमा प्रविधी भित्रिएको छ । र समग्रमा नेपाली समाजको मुल्यमान्यता फेरिदै गएको छ ।’
परम्परागत भवनको सट्टा आरसिसि भवन बनाएको मालिका गाउँपालिका, ७ विम स्थित किसानी माध्यामिक विद्यालय तथा किसानी कृषी क्याम्पसको हालै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्वास्थ्य मन्त्री नरदेवी पुन र राष्ट्रिय सभा सदस्य नवराज शर्माले क्रमश: कृषी क्याम्पस (वालीविज्ञान, पशु विज्ञान तीन वर्षे स्नातक) तह भवन, माध्यामिक तह भवन र आधारभुत तह भवनको पालैपालो उद्घाटन गरे ।


किसानी मावि विममा मात्र होईन, जिल्लाका जिल्लाका ७२ वटा सामुदायीक माध्यामिक विद्यालयहरुमध्य मोटरबाटो पुगेका प्राय:सवै गाउँका विद्यालयको परमपरागत भौतिक स्वरुप फेरिएका छन ।
नयाँ स्वरुपका आरसिसि भवन निर्माणले विद्यालयको शैक्षिक गुणस्तरमा कति परिवर्तन ल्यायो, कतै अध्ययन भएको पाईदैन । तर पुराना भवन भत्काएर नयाँ बनाउने होडबाजी भने तिव्र छ । अहिले पनि जिल्लाका आधा दर्जन विद्यालयले आरसिसि भवन निर्माण गरिरहेका छन ।
जिल्लामा पश्चिम दरवाङ स्थित जनप्रीय माध्यामिक विद्यालयले परम्परागत शैलीका विद्यालय भवन फेरेर आरसिसि भवन बनाउन सुरु गरेको हो । त्यसैको सिको गर्दैसदरमुकाम बेनीका प्रकाश मावि, बेनी सामुदायीक माविहुँदै जिल्लाभरका अधिकांश भवन फेरिएका छन ।


दुर्गम धवलागिरी गापाको मुना स्थित धनजनता माविदेखी उत्तर अन्नपूर्ण गापाको, ज्ञानप्रकाश मावि, मुक्तिमार्ग माविसम्म र रघुगंगाको मुक्तिधामदेखी मालिका गापाको किसानी माविसम्मका विद्यालयका पुरानो स्वरुप फेरिएका छन ।
म्याग्दीका गाउँमा रहेका विद्यालयमा भवन मात्र फेरिएका छैनन, लिथोबाट प्रश्नपत्र बनाउने वा कार्वनकपी राखेर चिठी लेख्ने चलन पुरै हराएको छ । हेडसरको टेवुलमा ल्यापटप र कार्यालयमा कम्प्युटर, प्रिन्टर अनिवार्य झै भएका छन । अधिकांश विद्यालयमा इन्टरनेट जोडिएका छन ।
‘हिमाली भेगमा परम्परागत ढुङ्गेघरहरु न्यानो र स्वास्थ्यवर्तक हुने भएपनि सजिलो र कम लागतमा निर्माण हुने भएकोले आरसिसि भवन बनाउन विद्यालयहरु विच एक खालको होडबाजी नै चलेको छ’ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले भने, ‘स्थानीय सामाग्री जुटाएर विद्यालय बनाउनु भन्दा आरसिसि भवन सजिलो र सानो ठाउँमा तल्ला थपेर बनाउन सकिने भएकोले सवै आर्कषित भएका हुन सक्छन ।’ प्रमुख थापाले थपे, ‘नयाँ स्वरुपका भवन हेर्दा राम्रो देखिएपनि परम्परागत विद्यालय भवनका पहिचान भने मेटिदिएको छ ।’