FLASH NEWS
  • Loading...

पुस २३ गते नेकपा (एमाले) काे अधिवेशन हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२९ पटक पढिएको
पुस २३ गते नेकपा (एमाले) काे अधिवेशन हुने

नेकपा (एमाले) काे पुस २३ गते देशभर एकसाथ जिल्ला अधिवेशनहरू अायाेजना गरिएकाे छ ।

त्यसैविच एमाले म्याग्दीले पुस २३ गते जिल्ला अधिवेशन सम्पन्न गर्न हरीकृष्ण श्रेष्ठकाे संयाेजकत्वमा अधिवेशन अायाेजक समिति गठन गरेकाे जनाएकाे छ । 

अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेकाे पनि जनाएकाे छ । एमाललेले दिएकाे जानकारि अनुसार अधिवेशनमा र्याली ब्यवस्थापन संयाेजक देवेन्द्र केसी, सचिवालय ब्यवस्थापनमा वालकृष्ण सुवेदी, प्रचार-प्रसारमा सुरत केसी, अतिथी सत्कारमा थमसरा पुन, अार्थिक ब्यवस्थापनमा प्रमाेद श्रेष्ठ, स्वयमसेवक परिचालन नारायण जिसी, भाेजन तथा अावासमा राजकुमार थापा र चन्द्र केसीकाे संयाेजकत्वमा सामाग्री ब्यवस्थापन उपसमिति गठन भएका छन ।

अायाेजक समितिका अनुसार अधिवेशनमा बेनी नपाबाट २७ महिला, १९ दलितसमेत १ सय ७ जना, रघुगंगा गापाबाट १३ जनामहिला, ९ दलित समेत ४२ जना, अन्नपूर्ण गापाबाट १४ महिला, १० दलितसमेत ४५ जना, मंगला गापाबाट १८ महिला, १२ दलितसमेत ५४ जना, मालिका गापाबाट १२ महिला, ९ दलितसमेत ४० जना र धवलागिरी गापाबाट १२ जना महिला, ९ दलित समेत ४१ जना प्रतिनिधी सहभागी हुने छन । 

त्यसैगरी महिला, विद्यार्थी, युवा, किसान समेत १४ वटा जनवर्गिय संगठनबाट कम्तीमा एक महिलासमेत दुइ जनाकाे दरले र मजदुरबाट ५ जनाबराबर एक जनागरी प्रतिनिधी छनाैट हुने एमाले म्याग्दीले जनाएकाे छ ।