FLASH NEWS
  • Loading...

वर्षमा २१५ महिला जले

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५२ पटक पढिएको
वर्षमा २१५ महिला जले

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०७७ मंसिर १५ देखि २०७८ मंसिर १४ सम्म २१५ जना महिला (अधिकांश वयस्क र वृद्धा तथा बालिकासमेत) आगलागीमा परेर जलेका हुन् ।

जलेका मध्ये ५८ को मृत्यु भएको र १५७ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ । नेपालमा एकवर्षमा आगलागीबाट भएको (घाइते र मृत्यु) का ४८९ घटनामध्ये महिलाहरु ४३.९७ प्रतिशत छन् । त्यसबाहेक पुरुष १८० पुरुष र ९४ जना पहिचान नखुलेका थिए ।

महिलाहरुको आगो अथवा घुर ताप्ने क्रममा, खाना पकाउँदा र ग्याँस चुहिएर तथा पड्केर आगलागी हुँदा जलेर घाइते तथा मृत्यु भएका छन् । एक वर्षमा खाना पकाउने क्रममा आगो लागेर, ग्यास चुहिएर तथा पड्केर ५८, जाडोयाममा आगो अथवा घुर ताप्ने क्रममा २५ महिलाको मृत्यु र ४२ महिला घाइते भएको तथ्यांक छ । तीमध्ये ५१ जनाको साडी र शरीरमा लगाएका अन्य कपडाबाट आगो सल्किएको थियो ।

यी घटनाले खाना पकाउनेजस्ता काममा संलग्न हुने र धोतीलगायत पहिरन लगाउने गरेका कारण अधिक जोखिममा महिला रहेको देखाउँछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अध्ययनले पनि खुला आगोमा खाना पकाउने वा असुरक्षित चुलोका कारण महिलाहरु आगलागीको उच्च जोखिममा रहेको देखाउँछ ।

तराईमा महिलालाई भान्सामा जोखिम धेरै हुने, लामो साडी लगाएका कारण भाग्न समस्या हुने, पहाडी भेगमा रक्सी बनाउँदा ह्वार्रर आगो लागेर जल्ने लगायतका घटना हुने गरेको छ । घरायसी काममा संलग्न महिला तथा गृहिणीहरु धेरै आगोको जोखिममा रहेकोले सचेतना जगाउने, आगो प्रयोग गर्दा प्राविधिक कुरामा ध्यान दिने जस्ता सावधानी अपनाउन चेनतामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवस्यकता देखिन्छ ।