FLASH NEWS
  • Loading...

पाहुनालाई आमाहरुको खाजा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९० पटक पढिएको
पाहुनालाई आमाहरुको खाजा

म्याग्दीको मालिका गाउँपालिका, ७ विम स्थित किसानी माध्यामिक विद्यालयका नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी अतिथी समेत सवै सहभागीलाई सेलरोटी, अचार खाजा खुवाउँदै स्थानीय आमा समुहका सदस्यहरु ।


परम्परागत शैलीमा निर्मित विद्यालय भवनहरु भत्काएर आधुनिक आरसिसि बनाउने लहर नेपाली समाजका मुल्यमान्यता, जीवन शैलीलाई पनि भत्काउँदै लगेको छ ।


आमा समुह चुहेचौको, मेलापात, घाँसदाउरा, गाईगोठ सम्हाल्दै पनि समय निकालेर गाउँमा कोही कार्यक्रम गर्दा होस वा मर्दापर्दाका सामाजिक संस्कारका काम सकृय भैहाल्छन ।

 

 

त्यतिमात्र होईन, स्थानीय साँस्कृतिक कार्यक्रम वा राजनैतिक दलका कार्यक्रम अतिथीलाई फुलमालाले स्वागत गर्ने, दिनमा रैथाने परिकारको खाजा खाना खुवाउने, नाचगानगरी मनोरन्जन गराउनेसम्मको काममा आमा समुह सकृय हुन्छन ।