FLASH NEWS
  • Loading...

पूर्वमुख्य मन्त्रीले विमकाे किसानी मावि/कृषी क्याम्पस भवन उद्घाटन गरे

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७७ पटक पढिएको
पूर्वमुख्य मन्त्रीले विमकाे किसानी मावि/कृषी क्याम्पस भवन उद्घाटन गरे

मालिका गाउँपालिका, ७ विम स्थित किसानी माध्यामिक विद्यालय तथा किसानी कृषी क्याम्पसका भवनहरुको सोमबार एकै दिन छुट्टाछुट्टै कार्यक्रम विच उद्घाटन भएको छ ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्वास्थ्य मन्त्री नरदेवी पुन र राष्ट्रिय सभा सदस्य नवराज शर्माले क्रमश: कृषी क्याम्पस (वालीविज्ञान, पशु विज्ञान तीन वर्षे स्नातक) तह भवन, माध्यामिक तह भवन र आधारभुत तह भवनको पालैपालो उद्घाटन गरे ।
‘नेपालमा टूलो औधोगिक वातावरण छैन, भुगोल, जनसंख्या समेतको कारणले तत्काल संभव पनि छैन । हामीले कृषी, पशुपालन वा पर्यटनबाटै आफुलाई स्थापित गर्ने हो । गाउँगाउँमा खुलेका यस्ता कृषी, पशु विज्ञान तथा अन्य प्राविधिक विषयका स्कुल/क्याम्पसले देश विकासमा योगदान पुऱ्याउने पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले भने, ‘इजरायल, मलेशियाबाट नेपालले कृषीमा कसरी परिवर्तन गर्न सकिन्छ अनुसरण गर्नु जरुरी छ ।’

विद्यालयको मुख्य १२ कोठे भवन साविक शिक्षा कार्यालयको दुई पटक गरी ४८ लाख, गाउँपालिका तथा गण्डकी प्रदेश सरकारको २४ लाखगरी ७२ लाख र अपुग भएको ८ लाख अन्यश्रोतगरी ८० लाखको लागतमा बनेको हो । त्यसैगरी शिक्षा कार्यालयको ३६ लाख लागतमा छुट्टै चार कोठे भवन, पुन:निर्माण प्राधिकरण (भुकम्प)बाट ६९ लाख ६४ हजारमा अर्को ४ कोठे भवन बनेको विद्यालयका प्रध्यानअध्यापक जंग गर्वुजाले बताए  । 

प्रअ गर्वुजाका अनुसार ०६८ सालमा शिक्षा कार्यालयकाे ४ काेठे भवनकालागी ३६ लाख अाएपछि विद्यालयका भवनहरू निर्माणा सुरू गरी पटक–पटक फरक फरक दाता खाेजेर भवनहरू सम्पन्न गरिएका हुन । भवनमा हालसम्म भएकाे सवै खर्चकाे अन्तिम हिसाव पनि बाँकी छ । तिर्नु पनी बाँकी छ ।
त्यसैगरी लायन्स क्लव इन्टरनेशनलको २ करोड २५ लाख रुपैयाको आर्थिक सहयोग किसानी माध्यामिक तहकै प्राविधिकधार तर्फ पठाई हुने छुट्टै ८ कोठे भवनको छुट्टै कार्यक्रमका विच लायन्स क्लव इन्टरनेशनलका पूर्व निर्देशक संजय खेतानले उद्घाटन गरे ।