FLASH NEWS
  • Loading...

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्षस्थानमा उक्लियो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६३ पटक पढिएको
फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्षस्थानमा उक्लियो

उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लन सफल भएको हो ।

मनाङले एक खेल कम खेलेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबलाई पछि पारेको हो । अपराजित रहेको मनाङको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको अपराजित सातदोबाटो र मच्छिन्द्रको ७ अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले गोल गरे । आफिजले पहिलो हाफमा तथा दिनेशले दोस्रो हाफमा गोल गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा फ्रेन्ड्सले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । पुजन उपरकोटीको ब्याक पासलाई मनाङका गोलरक्षक विशाल सुनारले समातेपछि पाएको इनडाइरेक्ट फ्रिकिकमा नाथालिन जुडे गार्सियाको प्रहारलाई सरोज योन्जन लामाले ब्लक गदै मनाङको संकट टारे ।

२१औं मिनेटमा एडेलाजा सोमिडेको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिएपछि मनाङ अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको सिक्स यार्डको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले पञ्च गर्दै बचाउँदा मनाङले खेलमा अग्रता लिन सकेन ।

४१औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले दिनेश राजवंशी हुँदै पुजन उपरकोटीको लामो क्रसलाई कप्तान अन्जन विष्टले दिएको क्रसलाई अनमार्क रहेका अफिजले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेका थिए ।