FLASH NEWS
  • Loading...

बुटवलमा जारी उपमेयर कप राष्ट्रिय महिला भलिबल बेनी सेमिफाइनलमा प्रवेश

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३८ पटक पढिएको
बुटवलमा जारी उपमेयर कप राष्ट्रिय महिला भलिबल बेनी सेमिफाइनलमा प्रवेश

बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ मा बेनी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

देवीनगरस्थित कदरबहादुर रीता रायमाझी आद्योगिक माविमा सुरु भएको प्रतियोगितामा बेनी नगरपालिका म्याग्दीले भीमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा जित दर्ता गरी क्वाटर फाइनल प्रवेश गरेकाे बेनी नगरपालिकाले  दोस्रो खेलमा कैलालीकाे कैलरी नपालाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे हाे । 

प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता समूहले रु ७५ हजार, कप, मेडल तथा प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३५ हजार तथा चौथो हुने समूहलाई सान्त्वना पुरस्कार रु १५ हजार प्रदान गरिने खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न जिल्लाका १० समूहले भाग लिएका छन् । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।