FLASH NEWS
  • Loading...

बेनीमा जेसीज कप फुटबल सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०५ पटक पढिएको
बेनीमा जेसीज कप फुटबल सुरु

म्याग्दी जेसिजको आयोजनामा १९ औँ संस्करणको अन्तरमावि जेसिजकप फुटवल प्रतियोगीतामा बुधबारदेखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा आयोजित प्रतियोगीतामा आज ५ खेल सम्पन्न भएका छन ।

न्यु वोइस्ट पोइन्ट आवासीय मावि र लिटल गार्डेन एकेडेमी विच भएको पहिलो खेलमा १ का दिरुद्ध ५ गोल गर्दै वोइस्ट पोइन्ट बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध ३ गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट बिजयी भएको छ ।

तेस्रो खेल शारदा मावि छिस्वाङ र डर्निङ बोर्डिङ स्कुल बिच भएको थियो । जसमा ० का विरुद्ध १ गोल गर्दै डर्निङ बिजय भएका छन । चौथो खेलमा किसानी मावि धारापानी बिजयी भएको छ । धारापानीले किसानी मावि विमलाई १ का विरुद्ध २ गोल गरि पराजित गरको हो । पाँचौ खेलमा केवि एकेडिमी र जामरनाखर्क मावि बिच भएको थियो । खेलमा केवि एकेडेमीले २ गोल गरि बिजयी भएको छ भने जामुनाखर्क माविले कुनै पनि गोल गर्न सकेन ।

पहिलो चरणका बाँकी खेलहरु बिहिबार बिहान ८ बजे देखि संचालन हुने म्याग्दी जेसिजले जनाएको छ । २५ गते सम्म संचालन हुने प्रतियोगीतामा जिल्लाका विभिन्न २१ बिद्यालयले सहभागीता रहेकाे अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताए ।