FLASH NEWS
  • Loading...

अनेरास्ववियुदले लगायाे पोखराको मणिपाल कलेजमा तालावन्दी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९७ पटक पढिएको
अनेरास्ववियुदले लगायाे पोखराको मणिपाल कलेजमा तालावन्दी

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको आरोपमा नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालावन्दी गरेको छ ।

संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा वढि शुल्क लिएकाले कलेज प्रशासनमा तालावन्दी गरेको वताए ।

विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आईतवार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पुरा नगरेको भन्दै सोमवारदेखि कलेजको प्रशासनमा अनिश्चितकालिन तालावन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।

‘विद्यार्थीलाई लुटको शृङ्खला नरोक्ने कलेज प्रशासनको रबैयाले कारण कलेज प्रशासनमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो’, अध्यक्ष पौडेलले भने, ‘हाम्रा माग पुरा नभएमा थप कडा आन्दोलन गर्न बाध्य हुनेछौ ।’