FLASH NEWS
  • Loading...

कक्षा १२ को नतिजा आज आउँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११३ पटक पढिएको
कक्षा १२ को नतिजा आज आउँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । 

नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै  बिहान ९ बजेपछि बोर्डको बैठक डाकिएको छ  । नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने छ  

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।