FLASH NEWS
  • Loading...

खसे भन्दा बढी फर्जि मत भेटिएपछि पर्वत कांग्रेसको मतगणना स्थगित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७४ पटक पढिएको
खसे भन्दा बढी फर्जि मत भेटिएपछि पर्वत कांग्रेसको मतगणना स्थगित

नेपाली काँग्रेस पर्वतको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत क्षेत्र नं. १ मा मतदानपछि मुचुल्का गरेर शिल लगाईएका बाकसमा खसेको मत भन्दा बढि भेटिएपछि मतगणना स्थगित भएको छ।

क्षेत्र नं. १ मा रहका कुल ६४२ मतदाता मध्ये ६२० मत खसेको थियो । मतगणनाका लागि आज विहान १० बजे सिल खोलेर मतपत्र गन्ने क्रममा ६ सय २४ मत पुगेपछि विवाद भएकको हो ।

क्षेत्र नं. १ को नेतृत्वका लागि कृष्ण केसी र राजकुमार क्षेत्रीको छुट्टाछुट्टै समुह प्रतिस्पर्धामा रहेको छ । फर्जि मत देखिएपछि सभापतिका उम्मेदवार कृष्ण केसी मतगणना स्थलवाट बाहिरिएका छन् । अहिले दुवै पक्षबीच छलफलका लागि प्रयास भैरहेको छ । केसीले भने धादली भएको भन्दै पुनः निर्वाचनको माग गरेका छन् ।

निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले छापाखानावाट मतपत्र ब्याण्डिङ गर्ने क्रममा कमजोरी भएको बताए । मतपत्रमा नम्वर हान्ने क्रममा केहि दोहोरीका तथा अर्धकट्टीमा नम्बर नहानिएका कारण समस्या पैदा भएको उहाँको भनाई रहेको छ । निर्वाचन समितिले ६ सय ५० मत छाप्न दिएको थियो । ती मध्ये ४ वटा अर्धकट्टीमा नम्वर नहानिएकाले समस्या भएको बताए । *न्युज डवलीबाट