FLASH NEWS
  • Loading...

मुस्ताङको हिमपहिरोमा परि १४ वटा चौरी मरे

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१७ पटक पढिएको
मुस्ताङको हिमपहिरोमा परि १४ वटा चौरी मरे

मुस्ताङको थासाङ गाउँपालिका, २ नाउरीकोटमो सिरानमा पर्ने मानापाथी (टुक्चेपीक)हिमालबाट आईतवार खसेको हिमपहिरोमा परि ६ वटा ठूला समेत १४ वटा चौरी मरेका छन ।
हिमपहिरोबाट नाउरीकोट गाउँउको सरे र हुम्लुङ चरन खर्कमा रहेका चौरीलाई बढी क्षति पुऱ्याएको छ । हिमपहिरोले नाउरीकोटका सकेन्द्र गौचन ३ वटा माउ समेत ७ र भीम थकालीका ३ माउसमेत ७ वटागरी १४ चौरी हिमपहिरोमा पुरिएर मरेको कृषकले जनाएका छन । सोमबार कृषक आफ्ना चौरी खोज्न हिमपहिरो प्रभावित क्षेत्रमा पर्ने सरे र हुम्लुङ चरन खर्क उक्लेका थिए । कृषकका अनुसार एउटा माउ याकको मुल्य ८०–८५ र पाठा चौरी भने उमेर अनुसार २५–४० हजारमुल्य हुन ।
‘हामी नाउरीकोटका दुई गोठमा मात्र बढी क्षति पुऱ्याएछ । अरु गोठ तल्लो खण्डको पल्लो पाखामा र हाम्रा गोठ माथिल्लो खण्डमा भएकोले बढी क्षति भयो । खोल्सा तिर चरेका चौरीलाई लगेछ, डाँडा तिरका बाँचेछन’ कृषक सकेन्द्र गौचनले भने, ‘८० हजारबढी मुल्य पर्ने २ याक र एक चौरी तथा चार वटा दुइ वर्षे पाठा बगायो । भीमको पनि उत्तिकै संख्यामा मरे ।’
उही हिमालमुनीको चरन क्षेत्रमा छोडिएका भएपनि कोवाङका कृषकका चौरी भने सुरक्षित भेटिएका छन । कोवाङ गाउँको चरन क्षेत्रमा पर्ने पड्के, हेपिम र मुलखर्क हिमपहिरो खसेको खोल्साको अर्को पाखामा पर्ने भएकोले मुस्लोले छोपेपनि चौरी सुरक्षित रहेका हुन ।
‘हामीले त सवै मरे भन्ठानेका थियौं । तर सुरक्षित रहेछन’ कृषक गौतम शेरचनले भने, ‘हिमालमुनीको वस्तीमा हुर्केका भएपनि यस्तो हिमपहिरोमा पहिलो पटक भोगेकोले आत्तिएका थियौं । अव सवै नर्मल हुँगै गएको छ ।
स्थानीयका अनुसार हिमपहिरोपछि आएको हिउका टुक्रामिश्रित पानीसहितको मुस्लोले वस्ती छोप्दा थन्क्याउन ठिक्क पारिउको उवा र फापर खेतीलाई भिजाईदिएको छ । त्यसैगरी माटोका मुण्डे घरको भित्र पसेको मुस्लेले भिजेर हिलाम्मे भएका छन ।
वस्ती शिरमा रहेको हिमालबाट हिमपहिरो खस्दा फेदीका विद्यालयमा भागदौड मच्चिदा घाईते भएका ११ जना शिक्षक र विद्यार्थी मध्य तीन जनालाई थप उपचारकालागी सोमबार प्लेनबाट पोखरा लगिएको छ । थासाङ गाउँपालिका उपाध्यक्ष वालकुमारी शेरचनका अनुसार घाईतेमध्य शिक्षक विरेन्द्र लामिछाने, अनु देशार र म्याग्दी बेनी घर भएकी विद्यार्थी अनुशा खत्रीको खुट्टा भाँचिएकोले थप उपचारकालागी पोखरा रिफल गरिएको हो ।
क्याप्सन : आइतवार मानापाथी हिमालबाट झरेको हिमपहिरो क्षेत्रमा चर्दै गरेका चौरी, तल नाउरीकोट गाउँ र वोक्सीखोला र कालीगण्डकी नदी मिसिएको स्थल । तस्वीर सौजन्य : समिर सिंह विष्ट