FLASH NEWS
  • Loading...

बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४९ पटक पढिएको
बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ सुरु भएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको निःशुल्क, निस्वार्थ एवं निशर्त सेवा कार्यक्रमअन्तर्गत महायज्ञको व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।

महायज्ञ सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका महासचिव शैलेसराज बरालले दैनिक जीवनमा बढ्दो तनाव व्यवस्थापन, शान्ति स्थापना र सकारात्मक सोचको विकासका लागि श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ तथा व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका निर्देशक ब्रह्माकुमारी प्रणिताले बताइन ।