FLASH NEWS
  • Loading...

युनिक बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा सम्पन्न

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८२ पटक पढिएको
युनिक बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा सम्पन्न

सदरमुकाम बेनीको क्याम्पसचोकमा मुख्य कार्यालय रहेको युनिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष दीपक कार्कीले एक कार्यक्रम विच उद्घाटन गरेका थिए ।
पर्वतको जलजला गाउँपालिका, ५ स्थित गिद्धेश्वर कृषी सहकारीलाई आफुसँग एकिकरण गरेको युनिक बचत तथा ऋण सहकारी संस्था लि.को १ करोड ३० लाख २४ हजार ६ सय शेयर पुँजी रहेको छ । गत वर्ष संस्थाले ५ करोड ३६ लाख ८९ हजार ४ सय ९३ रुपैयाँ निक्षेप र ४ करोड १३ लाख २५ हजार ४ सय दुई रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
संस्थाले गत आवमा कुल आम्दानीबाट जगेडाकोष, प्रशासनिक खर्च र ब्याज भुक्तानीगरी ८ लाख ६९ हजार ९९ खुद नाफा आर्जन गरेको कोषाध्यक्ष हिराबहादुर बरुवालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आवमा वर्ष १ हजार ३ सय ८१ जना निस्कृत सदस्यको शेयर फिर्ता गरी ४ सय २५ जना सकृय शेयर सदस्य मात्र कायम राखेको पनि जनाएको छ ।