FLASH NEWS
  • Loading...

दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीलाई

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५३ पटक पढिएको
दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीलाई

पहिलो दोहोरी च्याम्पियनको उपाधि कलाकार प्रकाश पराजुली र मिना बुढाथोकीकाे समूहले जितेकाे छ ।

शनिबार पाेखरामा भएको दोहोरी च्याम्पियनको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीकाे समूहले उपाधी जितेको हो । विजेता समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

कलाकार बालचन्द्र बराल र  शोभा कार्कीको समूह दोस्रो भएको छ । उपविजेता समूहले नगद १० लाख रुपैयाँ र ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

पाेखरामा आयाेजित कार्यक्रममा  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विजेता र उपविजेता समूहलाई  पुरस्कार प्रदान गर्नुभएकाे छ।