FLASH NEWS
  • Loading...

एमाले बेनी नगरअधिवेशनमा आसन्न नगर निर्वाचनकाे छायाँ

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३४ पटक पढिएको
एमाले बेनी नगरअधिवेशनमा आसन्न नगर निर्वाचनकाे छायाँ

मंगलवारदेखी सुरु नेकपा एमाले प्रथम बेनी नगरअधिवेशन दुई दिनदेखी ‘सहमतीको प्रयास’को माखे सँङ्लोमा अल्झेको छ ।
बेनी नगर अध्यक्षमा नारायण जिसी, चन्द्र केसी र राजकुमार थापा आकांक्षि देखिएपनि पर्दा भित्र आसन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयर पदमा उम्मेदवारका आकांक्षीहरुको तानातानले अधिवेशन लम्बाई रहेको श्रोतले जनाएको छ ।
नगरको मेयरको टिकटकालागी शिफारिस गर्ने मुख्य भुमिका नगरकमिटीको हुने भएकोले ओलीका लाईनका संस्थापन केसी र जिसीले राजकुमार थापालाइ पाखा लगाएपछि करिव करिव नारायण जिसी अध्यक्ष पक्का देखिएकाे छ । मोहोरा जे देखिएपनि सारमा मेयरको टिकट हुत्याउन अहिल्यै देखी प्रतिस्पर्धा भएका हुन ।  
एमालेबाट बेनी नगरपालिकाको मेयरका दावेदारहरु प्रमोद श्रेष्ठ र सुरत केसीको अघिल्लै पटक अन्तिमसम्म लविङ भएको थियो । अघिल्लो निर्वाचनमा उम्मेदवार भै घाईते श्रेष्ठ फेरी मेयरमा दावी नछोड्ने बताउँदै आएका छन । त्यसैगरी अघिल्लो निर्वाचनमा अन्तिममा टिकट नपाएकोले यसपटक टिकट पाउनु पर्ने दावी केसीको छ ।