FLASH NEWS
  • Loading...

मुस्ताङका तीन पालिकामा एमालेकाे नेतृत्व चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३२ पटक पढिएको
मुस्ताङका तीन पालिकामा एमालेकाे नेतृत्व चयन

कोरला नाकामा अवस्थित लोमन्थाङ गाउँपालिकामा मंगलवार सम्पन्न नेकपा एमालेको गाउँपालिका स्तरिय अधिवेशनबाट नीमा ढेण्डुक गुरुङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा रिन्जीन वाङ्दी विष्ट निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा प्रदीप थकाली, मनी विक उपाध्यक्ष र सचिवमा फिरोज लालचनसहित ५६ सदस्यीय संगठन कमिटी  निर्वाचित भएकाे एमाले मुस्ताङका अध्यक्ष चन्द्रमाेहन गाैचनले बताए ।