FLASH NEWS
  • Loading...

एमाले म्याग्दीको ३८ वडामा अधिवेशन सम्पन्न

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९९ पटक पढिएको
एमाले म्याग्दीको ३८ वडामा अधिवेशन सम्पन्न

नेकपा एमाले म्याग्दीको कार्तिक ६ गते देखि सुरु भएको वडा अधिवेशन जिल्लाका ३८ वटा वडामा सम्पन्न भएका छन ।

शनिबार र आइतबार सम्ममा बेनी नगरपालिकाका १० वटै वडा, मंगलाका ५ वटै वडा र मालिकाका ७ वटै वडामा अधिवेशन सम्पन्न भएका छन । त्यस्तै धौलागिरीका २,३,४,५,६,७ गरि ६ वटा वडा, रघुगंगाका २,३,४,५,६,७ गरि ६ वटा वडा र अन्नपुर्णका १,५,६,८ गरि ४ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको एमालेले जनाएकाे छ । बाँकी वडामा कात्तिक ८ गते सम्पन्न गर्ने र ९ गते अन्नपूर्ण गापा बाहेक सवै पालिका स्तिरय अधिवेशन गर्ने कार्यक्रम छ ।