मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशहका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नेपालमा उल्लेख्य क्षति पुर्याउने माैषमी गतिविधी भने नभएकाे जनाएकाे छ ।
शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।













































