FLASH NEWS
  • Loading...

एमालेको भोली ६ गते सवै वडा र ९ गते सवै पालिका स्तरीय अधिवेशन हुँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७८ पटक पढिएको
एमालेको भोली ६ गते सवै वडा र ९ गते सवै पालिका स्तरीय अधिवेशन हुँदै

एमाललेले कात्तिक ६ गते देशभरका सवै वडाहरुमा एकसाथ अधिवेशन गर्दैछ । त्यस्तै, एमालेले कात्तिक ९ गते देशैभरका सवै स्थानीय तह (गाउँ/नगरपालिका)हरुमा पनि एक साथ अधिवेशन गर्ने भएको छ । अधिवेशनलाई नेकपा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमालले म्याग्दीले कात्तिक ६, ७ र ८ गते जिल्लाका सवै ४४ वटै वडामा अधिवेशन गर्ने जनाएको छ । त्यसैगरी कात्तिक ९ गते देशका अन्नपूर्ण गाउँपालिकाबाहेक सवै पालिकाहरुमा एकसाथ अधिवेशन गर्न लागेको एमाले म्याग्दीले जनाएको छ । एमाले अन्नपूर्ण गापा कमिटी अध्यक्ष खड्ग गिरी विरामी भै काठमाण्डौमा उपचाररत रहेकोले अधिवेशन मिती स्थगित गरिएको जनाईएको छ ।
म्याग्दीमा भने भौगोलिक कठिनाईको कारण वडा अबिधेशनमा तोकिएका निर्वाचन अधिकृत पुग्न समस्या भएकोले पालिका स्तरको अधिवेशन अघि सक्नेगरी कात्तिक ६, ७ र ८ गते वडा अधिवेशनको मितीतय भएकोले एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले बताए ।
‘निरन्तर हुन नसकेको एमाले–माओवादी एकताले हाम्रा नियमित अधिवेशन रोकिएका थिए । त्यसैले देशभरका कमिटिको समयावधी समाप्त भएको अवस्थामा एमाललेले पहिलोपटक देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन गर्न लागेको छ । यस्ले राजनैतिक तरंगता र कार्यकर्तामा एकसाथ चलयमान गराउने छ’ शुक्रवार एमाललेले आयोजजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘वडा अधिवेशन समाप्त गरेपछि पालिका स्तरिय अधिवेशनलाई अलि फरक माहौल र तरंग ल्याउने गरी गर्ने तयारीमा छौं ।’

एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ। वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ।