FLASH NEWS
  • Loading...

मोना अन्र्तराष्ट्रिय सम्मेलनको तयारी पुरा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४७ पटक पढिएको
मोना अन्र्तराष्ट्रिय सम्मेलनको तयारी पुरा

म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यकारी समितिको भोली कात्तिक २ गतेदेखी सुरु हुने चौंथो अन्र्तराष्ट्रिय सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएका छन ।
मोना आईसीले आज साँझ बेनी स्थित मुख्यालयमा पत्रकार सम्मेलन गरी सम्मेलन तयारी पुरा भएको जानकारी गराएको हो । कोभिड–१९ को कारण भर्चुअल र भौतिक उपस्थिती दुवै माध्यमको कम्बाईन सम्मेलनमा विश्वका विभिन्न २० देशमा रहेका राष्ट्रिय समितिबाट २ सय ६१ जना प्रतिनिधी सहभागी हुने छन ।
जिल्ला समन्वय समितिको सभाहलमा मंगलवार प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्ने अन्र्तराष्ट्रिय सम्मेलनमा विभिन्न जातिय समुहको साँस्कृतिक झाँकी सहित सुरु हुने मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।
सम्मेलनको बन्द सत्र भने म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा कात्तिक ३ गते बुधवार भर्जुअल तथा भौतिक उपस्थिती दुवै माध्यममा संञ्चालन गरिने भएको छ । सम्मेलनमा चर्चित कलाकारहरु कुमार पुन, नेशन पुन समेतका कलाकारको समेत प्रस्तुती रहने जनाईएको छ ।
त्यसैविच, मोनाको नयाँ नेतृत्वकालागी बरिष्ठ उपाध्यक्ष मीम पुर्जा (न्युजिल्याण्ड), उपाध्यक्ष अमर छन्त्याल (अमेरिका) र महाँसचिव विक्रम कार्की (कतार)ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत गराउने प्रयास थालिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा दधिवल खड्का (जापान)को एक्लो उम्मेदवारी दर्ता भएको छ । तीन उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्षमा कसैको पनि दोस्रो पटक थप गरिएको समयसीमा भित्र उम्मेदवारी दर्ता नभएपछि मोनाको निर्वाचन कार्यतालिका पनि विथोलिएको छ ।
‘अध्यक्षमा सर्वसम्मत गराउन अग्रजहरु, अध्यक्षका हामी सवै दावेदारविच विभिन्न चरणमा छलफल भैरहेको छ । निर्वाचन कार्यतालिका हेरफेर गरेरै पनि मोना नेतृत्व सर्वसम्मत गराउने प्रयास रहन्छ’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका दावेदार विक्रम कार्कीले भने, ‘सवैले जित्ने गरी सहमति खोज्छौं । देश विदेशमा रहेका सवै मोना सदस्यलाई विभाजन गराउँदैनौं ।’