FLASH NEWS
  • Loading...

मोनाको अध्यक्षमा अमेरिका, युराेप र खाडी क्षेत्रका तीन जनाको उम्मेदवारी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४९ पटक पढिएको
मोनाको अध्यक्षमा अमेरिका, युराेप र खाडी क्षेत्रका तीन जनाको उम्मेदवारी

म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्ष पदकालागी तीन जनाले उम्मेदवारी दर्ता गरेका छन ।
मोनाको आगामी कात्तिक २ र ३ (अक्टुवर १९–२०)गते बेनीमा हुने चौंथो अन्र्तराष्ट्रिय सम्मेलनबाट हुने नयाँ नेतृत्वकालागी बरिष्ठ उपाध्यक्ष मीम पुर्जा (न्युजिल्याण्ड), उपाध्यक्ष अमर छन्त्याल (अमेरिका) र महाँसचिव विक्रम कार्की (कतार)ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन ।
त्यसैगरी समितिको बरिष्ठ उपाध्यक्षमा दधिवल खड्का (जापान)को एक्लो उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन मण्डलले पहिलो पटक उम्मेदवारी दर्ता गर्न दिएको समय सीमा भित्र धेरै पदमा उम्मेदवारी नपरेपछि दोस्रो पटक उम्मेदवारी दर्ताकालागी समय सीमा तय गरिएको थियो । दोस्रो पटकमा महासचिवमा हरी राम्जालीको मात्र उम्मेदवारी परेको छ । बाँकी तीन उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्षमा कसैको पनि दोस्रो पटक थप गरिएको समयसीमा भित्र उम्मेदवारी दर्ता भएको छैन ।

त्यस्तै, सचिव पदमा रमेश पौडेल, विष्णुप्रसाद बरुवाल, प्रवक्तामा हिक्मत श्रेष्ठको उम्मेदवारी परेको छ । महिला संयोजकमा अनुषा थापा, महिला उपाध्यक्ष पुणर्ीमा पाइजा, अमेरिका क्षेत्रीय संयाेजकमा अमर भण्डारी, मध्यपूर्व क्षेत्रीय संयोजकमा तिलक पुन मगर, एसिया संयोजक दिपक कार्की, मध्यपूर्व उपसंयोजक दिपक छन्त्याल र महिला उप संयोजक विष्णु बानियाँको उम्मेदवारी परेको निर्वाचन मण्डका संयोजक श्रेष्ठले जानकारी दिए ।

आवश्यक संख्यामा उम्मेदवारी नपरेकाले समिति सँग छलफल गरेर पुरानोलाई कायम राखी अर्को निर्वाचन तालिका प्रकाशित गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।