FLASH NEWS
  • Loading...

नेपाली फुटबल टिमलाई २ लाख पुरस्कार दिने कुश्मा नगरपालिकाको घोषणा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०१ पटक पढिएको
नेपाली फुटबल टिमलाई २ लाख पुरस्कार दिने कुश्मा नगरपालिकाको घोषणा

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टीमलाई पर्वतको कुश्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।

नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली फुटबल टीमलाई पुरस्कारस्वरुप उक्त रकम दिने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै उत्कृष्ट खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीहरुको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट २ लाख पुरस्कारको घोषणा गर्दछु,’ नगरप्रमुख जोशीले फेसबुकमा लेखेका छन् ।

खेलाडीहरुको सम्मान गर्न सकेमात्रै नेपाली खेलकुद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको जोशीले बताए । ‘हरेक क्षेत्रमा निरन्तर लाग्ने व्यक्तिले सम्मान चाहेको हुन्छ,’ आफूले पुरस्कार घोषणा गर्नुको कारणबारे जोशीले भने, ‘नेपाली खेलाडीको हौसला बढाउन हामीले टोकन अफ लभ स्वरुप यो पुरस्कार घोषणा गरेका हौं ।’