FLASH NEWS
  • Loading...

फेसबुकमा कसरी ब्याक डेटमा पोस्ट गर्ने, स्टाटसको मिति कसरी परिवर्तन गर्ने ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३५ पटक पढिएको
फेसबुकमा कसरी ब्याक डेटमा पोस्ट गर्ने, स्टाटसको मिति कसरी परिवर्तन गर्ने ?

फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक पेजमा कुनै पनि पोस्टलाई आफ्नो इच्छा अनुसारको मितिमा प्रकाशित गर्ने सुविधा प्रदान गरेको छ । जसअनुसार तपाईंले आफूले विगतमा गरेको पोस्टको मिति परिवर्तन गर्न सक्नुहुन्छ भने अहिले गर्दै गरेको नयाँ पोस्टको मिति पनि ब्याकडेटमा लैजान सक्नुहुन्छ ।

फेसबुक पेजको पोस्टलाई ब्याकडेटमा लैजानका लागि तपाईंले तल दिइएको उपाय अपनाउन सक्नुहुन्छ ।

यसअघि गरिसकेको पोस्टको मिति परिवर्तन गर्नका लागि :

  • फेसबुक पेज लगइन गरी News Feed मा रहेको Pages आइकनमा क्लिक गर्नुहोस्
  •  आफ्नो फेसबुक पेजमा जानुहोस्
  •  तपाईंको पेजको टाइमलाइनमा रहेको मिति परिवर्तन गर्न खोजेको पोस्टमा जानुहोस्
  • उक्त पोस्टको दायाँ माथिको भागमा रहेको तिनवटा थोप्लाको आइकनमा क्लिक गर्नुहोस
  • Change date नामक अप्सन क्लिक गरी आफ्नो पूरानो पोस्टको वर्ष, महिना, गते तथा समय समेत छनोट गर्नुहोस्

Save मा क्लिक गर्नुहोस्

यसमा तपाईंले आफ्नो पूरानो पोस्टलाई अधिकतम सन् १९०५ जनवरी १ को मितिसम्म राख्न सक्नुहुन्छ । तर पुरानो मितिलाई नयाँ मितिमा राख्न भने सकिँदैन । साथै बुस्ट गरिएको पोस्टमा पनि मिति परिवर्तन गर्न सकिँदैन ।

नयाँ पोस्टलाई कसरी पूरानो मिति अर्थात् ब्याकडेटमा राख्ने

  • न्युज फिडबाट Pages अप्सनमा क्लिक गर्नुहोस्
  • आफ्नो पेजमा जानुहोस् र Publishing tools मा क्लिक गर्नुहोस्
  • +Create मा क्लिक गरी Share now मा क्लिक गर्नुहोस् । ड्रपडाउनबाट Backdate अप्सन छनोट गर्नुहोस् ।
  • आफूले गर्न लागेको पोस्ट टाइमलाइनमा देखिने वर्ष, महिना तथा दिन तय गर्नुहोस्
  • त्यसपछि Backdate मा क्लिक गरी Schedule post मा क्लिक गर्नुहोस्

तपाईंले आफ्ना पोस्टहरु तपाईंको पेज खोल्नुभन्दा अगाडिको मितिमा सेड्युल गर्न सक्नुहुन्न ।

*अनलाइन खवरबाट