FLASH NEWS
  • Loading...

मोना कतारद्धारा आर्थिक सहयोग प्रदान

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९४ पटक पढिएको
मोना कतारद्धारा आर्थिक सहयोग प्रदान

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय समिति कतारले मालिका गाउँपालिका, ५ देविस्थान रुन्माकी टेकमायाँ कामीलाई आर्थिक सहयोग गरेको छ ।
मोना कतारको नेतृत्वमा संकलित एक लाख ५६ हजार ७ सय रुपैयाँ नगद टेकमाया र उनका दुई जना नावालक छोराहरुलाई मोना कतारका महाँसचिव अजय कुँवरले शुक्रवार बेनी स्थित मोना अन्र्तराष्ट्रिय समितिको कार्यालयमा हस्तान्त्रण गरेका हुन ।
‘विदेशी भुमीमा मजदुरी गर्ने क्रममा अचानक मृत्युले विपन्न परिवारका सदस्य विचल्लीमा परेपछि मोना कतारको पहलमा संकलित सहयोग रकम हस्तान्त्रण गरेका हौं’ मोना कतारका महासचिव अजय कुंवरले सुनाए ।
कतारमा ७ बर्षदेखी कार्यरत मालिका गाउँपालिका, ५ देविस्थान रुन्माका निरप्रसाद कामीको ०७७ असार ६ गते हृदयघात भै कतारमै मृत्यु भएको थियो । कतारमा निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका कामी ड्युटीबाट फर्केर वुलुकाको खाना खाई सुतेका र राती कोठामा सुतेको सुतै भएका थिए । हृदयघाटबाट मृत्यु भएको भन्दै कम्पनीले कामीका परिवारलाई बाँकी पारिश्रमिक बाहेक अन्य सुविधा दिएको थिएन ।