FLASH NEWS
  • Loading...

एक बोतल ‘कोदोको रक्सी’को मूल्य ४ हजार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३५ पटक पढिएको
एक बोतल ‘कोदोको रक्सी’को मूल्य ४ हजार

संयुक्त अधिराज्य बेलायतमा नेपाली ‘कोदोको रक्सी’को बिक्री सुरु भएको छ। नेपालीमूलका बेलायतीले कोदो लिमिटेड कम्पनी स्थापना गरी रक्सीको ब्रान्डिङ गरेका हुन्।

बेलायतस्थित नेपालीले कोदो लिमिटेड नामक कम्पनीको स्थापना गरी ‘कोदोको रक्सी’ बेच्न सुरु गरेका छन् । विशुद्ध कोदोको रक्सी बताइएको उक्त रक्सीको एक बोतललाई २६ पाउन्ड स्टर्लिङ अर्थात् ४१ सय ६५ नेपाली रुपैयाँ मूल्य तोकिएको छ। यो रक्सीमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ।

त्यस्तै तीनपाने कोदोको रक्सी १३ पाउन्ड स्टर्लिङ अर्थात् २ हजार ८० रुपैयाँ रहेको छ। योचाहिँ २० सेन्टिलिटर (२०० मिलि) को हुन्छ। तीनपानेमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ।

बेलायतमा बसोबास गर्दै आएका नेपाली व्यवसायीहरु जनक राई, जितेन्द्र चेम्जोङ, सुमन गुरुङ, आकाश सुनुवारलगायतले कम्पनी सञ्चालन गरेका हुन् । कोदो लिमिटेडका एमडी जनक राईले अहिले बेलायतमा मात्रै रक्सी उपलब्ध रहेको र आगामी डिसेम्बरसम्म नेपाली बजारमा समेत बिक्री हुने जनाएका छन् ।

कोदोको रक्सी भुटेको बंगुर मासुसँग खान सकिने कम्पनीले उल्लेख गरेको छ। त्यसबाहेक राँगाको सुकुटी, आलुदमसँग कोदोको रक्सी बढी स्वादिलो हुने भन्दै ब्रान्डिङ गरिरहेको छ।

अमेरिकी केवल न्युज नेटवर्क (सीएनएन)ले नेपाली कोदोको रक्सीलाई विश्वको ५० अत्यधिक स्वादिलो रक्सीमध्ये एउटा भनेको छ।

 

प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले असार २३ गते प्रदेश सभामा बोल्दै कोदोको रक्सीको ब्रान्ड बनाउने बताएकी थिइन् ।

‘कुनै सिलबरको भाडामा होइन, कुनै अरू धातुमा होइन, हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानीकरण गर्न गइरहेका छौँ,’ उनले अघि भनिन्, ‘त्यसलाई हामी अब तामाकै भाडामा बनाएर, जडिबुटिसहित कोदोबाट बनेको रक्सी, कोदोलाई फलेर सफा गरेर बनाएर त्यसलाई आफ्नो प्रविधि कला मिसाएर ब्रान्डिङ गर्छौँ ।