FLASH NEWS
  • Loading...

मौषम प्रतिकुल भएपछि ८२ बर्षे कार्लोसले धवलागिरी आरोहण त्यागे

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११७ पटक पढिएको
मौषम प्रतिकुल भएपछि ८२ बर्षे कार्लोसले धवलागिरी आरोहण त्यागे

धवलागिरी प्रथम (८१६७मी.) आरोहण गर्न पहिलो क्याप उक्लेका ८२ वर्षिय स्पेनी कार्लोस सोरिया फोन्टेन (ऋबचयिक क्यचष्ब ायलतबल) ले आरोहण त्यागेका छन ।
धवलागिरीको अस्थिर मौषम र भारी हिमपातले गर्दा ७ हजार मिटर उचाईको पहिलो क्याम्प पुगेका कार्लोसले आरोहण प्रयास त्यागेर तल वेस क्याम्प ओर्लेका छन ।

किर्तिमानी बृद्ध कार्लोसले आफ्नो फेसवुक पेज (थय कगदय अयल अबचयिक कयचष्ब)मा भर्खर स्टाटस लेखी मौषमले गाहे बनाएकोले आरोहण प्रयास त्यागेर तल ओर्लने निर्णय गरेको जनाएका छन । उनले लेखेका छन, ‘धवलागिरीको माथिल्लो भाग भयानक हिउँले ढाकिएको छ । धवलागिरीको शिखर पुग्ने बाटो बनाउने शेर्पाहरु हिजोदेखी टाईटेनिक शैलीमा काम गरिरहेका छन । तर म तल वेस क्याम्प ओर्लने निर्णयमा पुगेको छु ।’
सेभेन समिट ट्रेक्स समेत विभिन्न कम्पनीका ४० बढी आरोही धवलागिरी हिमालको पहिलो आधार शिविरमा पछिल्लो एक सातादेखी अनुकुल मौषमको प्रतिक्षामा बसेका छन । शेर्पाहरुले पहिलो शिविरदेखी माथीसम्मै बाटो र डोरी झुण्डाएका छन ।