FLASH NEWS
  • Loading...

आर्मीलाई हराउँदै न्यु डायमन्ड समूह विजेता

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२६ पटक पढिएको
आर्मीलाई हराउँदै न्यु डायमन्ड समूह विजेता

न्यु डायमन्ड स्पोर्ट्स क्लब समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यु डायमन्ड विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्यु डायमन्डले आर्मीलाई २७-२५, २५-२२ र २५-२० को सेटमा पराजित गर्यो ।

यस जितसँगै ‘बी’ न्यु डायमन्डले २ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा न्यु डायमन्डले एभरेष्ट क्लब बुटवललाई हराएको थियो ।

यस समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले २ खेलमा ३ अंक जोड्यो । एभरेष्ट भने समूह चरणबाट बाहिरिएको छ ।

न्यु डायमन्ड र आर्मीको खेलसँगै महिलातर्फको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । समूह ‘ए’ बाट एपीएफ विजेता र नेपाल पुलिस क्लब उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

अब सेमिफाइनलमा न्यु डायमन्डले पुलिससँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले एपीएफको सामना गर्नेछ ।