FLASH NEWS
  • Loading...

खराव मौषमले धवलागिरी आरोही वेसक्याम्पमा रोकिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८४ पटक पढिएको
खराव मौषमले धवलागिरी आरोही वेसक्याम्पमा रोकिए

अस्थिर मौषम र भारी हिमपातले गर्दा धवलागिरी प्रथम (८१६७मी.) पुगेका ८२ वर्षिय स्पेनी कार्लोस सोरिया फोन्टेन (ऋबचयिक क्यचष्ब ायलतबल) समेत सवै ४० जना पर्वतारोही दोस्रो शिविरमा पुगेर रोकिएका छन ।
कार्लोस समेत पर्वतारोही लिएर पुगेको सेभेन समिट ट्रेक्सले ७ हजार १ सय मिटर उचाईमा तेस्रो क्याम्प फिक्स गरेपछि धवलागिरीको मौषम अचानक विग्रेपछि पहिलो क्याम्पमा झरेर रोकिएका हुन । उनीहरू एक सातादेखी वेस क्याम्पमा अनुकुल माैषमकाे प्रतिक्षामा छन ।


पर्वतारोहणका किर्तिमानी बृद्ध कार्लोसले आफ्नो फेसवुक पेजमा स्टाटस लेखी मौषमले गाहे बनाएकोले २६ सेप्टेम्बरको विहान ५ बजेबाट आरोहण सुरु गरी २९ सेप्टेम्बरमा धवलागिरी आरोहण गर्ने कार्यक्रम स्थगित गरेको उल्लेख गरेका छन । उनले केही दिन मौषम पर्खेर फेरी आरोहण गर्ने पनि उल्लेख गरेका छन ।
संसारका जेठा पर्वतारोहीलाई धवलागिरी अरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले २ सेप्टेम्बरबाट यात्रा सुरु गरी ११ अक्टोवर भित्र आरोहण यात्रा पुरा गर्ने जनाएको छ । अहिले धवलागिरी आरोहण क्रममा रहेका कार्लोसले यस अघि आफ्नो ६०–८२ बर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेर्कड राखेका छन ।